Google Ad

फेसबुकको सेटिङ पेजमा आयो आमूल परिवर्तन

 



     फेसबुकले आफ्नो सेटिङ पेजमा आमूल परिवर्तन ल्याएकाे छ । फेसबुकको मोबाइल भर्सनमा उपलब्ध सेटिङ पेजलाई व्यवस्थित गर्दै कम्पनीले नयाँ डिजाइन उपलब्ध गराएको हो ।

जुन यसअघिको सेटिङ पेजको तुलनामा सफा र आकर्षक देखिन्छ । भने, यसअघि जस्तो हरेक सेटिङको तल देखिने डिस्क्रिप्सन समेत हटाइएको छ ।


त्यतिमात्रै नभएर कम्पनीले सेटिङमा उपलब्ध भएको क्याटेगोरीसमेत घटाएको छ । भने, त्यसमध्ये कतिपयलाई नयाँ नामसमेत दिएको छ ।

योसँगै अब फेसबुकको मोबाइल भसर्नमा तपाईंले ६ वटामात्र क्याटगोरी देख्नुहुनेछ । जसमा अकाउन्ट, प्रिफ्रेन्स, अडियन्स, भिजिविलिटी, पर्मिसन, योर इन्फरमेसन र कम्युनिटी स्ट्यान्डर्ड तथा लिगल पोलिसी रहेका छन् ।

कम्पनीका अनुसार यसअघि उपलब्ध भएका कतिपय क्याटेगोरीलाई मर्ज गरिएको छ । यसको अर्थ एउटै क्याटेगोरीमा अर्कोलाई पनि समावेश गरिएको छ । जुन एन्ड्रोइड, आईओएस, मोबाइल वेब, फेसबुक लाइट सबैमा उपलब्ध छ ।

Post a Comment

0 Comments

Comments System

[blogger][disqus][facebook]
Close Menu