Google Ad

भाइबरबाट यसरी लिक हुँदैछ प्रयोगकर्ताको नाम र तस्वीर

 Viber on Desktop



       प्रयोगकर्ताको कलर आईडी पत्ता लगाउन सकिने फिचर भएका ट्रु कलर जस्ता एप साइबर सुरक्षाको हिसाबले जोखिमपूर्ण हुन थालेका छन् । मोबाइल नम्बरकै आधारमा प्रयोगकर्ताको नाम र तस्वीर फेला पार्न सघाउने यो एप प्रयोग गर्नेको संख्या ५० करोड नाघिसकेको छ ।

आफ्नो गोपनीयता प्रति चिन्तित र सतर्क हुनेहरूले यस्ता एप आफ्नो मोबाइलमा राख्न चाहँदैनन् । यस्तोमा ट्रु कलरमा तपाईंको आफ्नो प्रोफाइल तथा अकाउन्ट नभए पनि अन्य ट्रु कलर प्रयोगकर्ताको मोबाइलमा सेभ छ भने पनि तपाईंको नाम अरुले थाहा पाउन सक्छ ।


यस हिसाबले ट्रु कलरको जोखिम व्यक्तिगत गोपनीयताको हिसाबले एकातर्फ छ । तर अर्कोतर्फ नेपालमा निकै लोकप्रिय भाइबरमा समेत यस्तै फिचर भएको तपाईंलाई थाहा नहुन सक्छ ।

भाइबरको डेक्सटप एपमा एउटा यस्तो फिचर छ, जसमा तपाईंले कुनै व्यक्तिको नम्बर राख्नु भयो भने (भाइबर प्रयोगकर्ता) उक्त व्यक्तिको तस्वीर र नाम समेत देख्न सक्नुहुन्छ । यसैगरी तपाईंको नाम र प्रोफाइल फोटो अन्य व्यक्तिले समेत सहजै पत्ता  लगाउन सक्छन् ।

यस्तो फिचर दुरुपयोग हुनसक्ने सम्भावना रहेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए । सम्बन्धित व्यक्तिको अनुमति बिना कसैको व्यक्तिगत जानकारी सार्वजनिक गर्न नपाइने उनको भनाई छ।

यो फिचर प्रयोग गर्न सुरुमा आफ्नो डेक्सटपमा भाइबर एप खोल्नुहोस् । यदि भाइबर एप छैन भने यहाँ क्लिक गरी ‘भाइबर फर डेक्सटप’ डाउनलोड गरेर इन्स्टल गर्नुहोस् ।

यति गरिसकेपछि अब बायाँतर्फ माथि रहेको सर्च बक्समा कुनै नम्बर राख्नुहोस् र तल रहेको ‘स्टार्ट अ कन्भर्सेसन विथ’ सँगैको मोबाइल नम्बरमा जानुहोस् । यति गरेसँगै उक्त मोबाइल नम्बर यदि भाइबरमा छ भने सम्बन्धित व्यक्तिको नाम र तस्वीर सहितको कन्भर्सेसन त्यहाँ खुल्छ । जसमा त्यस्तो व्यक्तिले भाइबर अन्तिम पटक कहिले अनि कतिखेर प्रयोग गरेको थियो भन्ने विवरण समेत हेर्न मिल्छ ।

भाइबरको यो फिचरबाट व्यक्तिगत गोपनीयतामा आँच आउने देखेपछि टेलिकम इन्जिनियर समेत रहेका सम्भु खनालले भाइबरलाई यो विषय जानकारी गराएका थिए । तर प्रति उत्तरमा भाइबरले यो बगको विषय नभएको भन्दै नयाँ भर्सनमा यो विषय विचार  गरिने बताएको छ । 

credit: techpana.com

Post a Comment

0 Comments

Comments System

[blogger][disqus][facebook]
Close Menu