Google Ad

सुरक्षित रुपमा ‘शेयरइट’ एप चलाउन यसरी प्रयोग गर्नुहोस् निःशुल्क भीपीएन

 



     फाइल शेयर गर्न सजिलो र छिटो माध्यमको रुपमा शेयरइट निकै नै विश्वास गरिएको र प्रयोगमा आएको एप हो । झन् अनलाइन र अफलाइन दुवैमा चल्ने भएको हुँदा यसको लोकप्रियता बढ्दाे छ ।

विशेषगरी विद्यार्थी र युवा व्यावसायीहरूको बीचमा यो निकै नै चर्चित छ । ठूला-ठूला फाइलहरू पनि शेयरइट प्रयोग गरेर एक/दुई मिनेटभित्रै शेयर गर्न सकिन्छ ।


यद्यपि शेयरइट थर्ड पार्टी एप भएका कारण यसमा थुप्रै विज्ञापन र व्यक्तिगत अनुमतिहरू दिनुपर्ने हुन्छ । जसलाई प्रयोगकर्ताले त्यति राम्रोसँग नपढिकनै अनुमति दिएर एप प्रयोग गरिरहेका हुन्छन् ।

यसले गर्दा यो एपको विषयलाई लिएर प्रयोगकर्ताको गोपनीयता सुरक्षित नभएको कुरा पछिल्ला केही समयमा उठिरहेको छ । तर केही विशेष सफ्टवेयर टुल प्रयोग गरेर शेयरइट एपलाई सुरक्षित रुपमा प्रयोग गर्न पनि सकिन्छ । 

भीपीएनको फाइदा 

भीपीएन अथवा निजी नेटवर्कको प्रयोग गरेर अनलाइन सुरक्षा र गोपनीयताको प्रत्याभूति गर्न सकिन्छ । भीपीएनले प्रयोगकर्ताको डिभाइस र इन्टरनेटको बीचमा एउटा सुरक्षित कनेक्सन बनाउन मद्दत गर्छ ।

किनभने भीपीएनको प्रयोग गर्दा प्रयोगकर्ताको डेटा सिधै नगएर एउटा भर्चुअल टनेलमा इन्कृप्टेड हुन्छ, जसले प्रयोगकर्ताको सम्पूर्ण व्यक्तिगत विवरणलाई लुकाइदिन्छ ।

यसले गर्दा प्रयोगकर्ताको डेटा चोरी हुने सम्भावना कम हुन जान्छ । यद्यपि प्रयोगकर्ताले आफूले कस्तो प्रकारको भीपीएन प्रयोग गरिरहेको छु भनेर जान्न भने आवश्यक छ ।

प्रायजसो राम्रा भीपीएनहरू पैसा तिरेर प्रयोग गर्नुपर्ने खालका हुन्छन् । यदि कोही राम्रो भीपीएन कै प्रयोग गर्न चाहन्छ भने पैसा तिरेर नै भीपीएन प्रयोग गर्नु राम्रो हुनेछ ।

तर यदि कोही प्रयोगकर्ता निःशुल्क भीपीएन प्रयोग गर्न चाहन्छन् भने केही राम्रा निःशुल्क भीपीएनहरू पनि बजारमा भेट्न सकिन्छ । बजारमा भएका विभिन्न निःशुल्क भीपीएनमध्ये एउटा राम्रो भीपीएन हो ‘गोइङ भीपीएन’ । 

गोइङ भीपीएन (GoingVPN)

प्रयोगकर्ताहरूको प्रतिक्रियाका आधारमा गोइङ भीपीएन एउटा भरपर्दो र सुरक्षित भीपीएन हो । शेयरइटबाट फाइल पठाउँदा वा लिँदा गोइङ भीपीएन प्रयोग गर्दा यसले साइबर सुरक्षाको प्रत्याभूत गर्दछ ।

निःशुल्क भएपनि यो भीपीएनको इन्क्रिप्सन प्रोसेस बलियो हुने हुँदा व्यक्तिगत डेटा सुरक्षित राख्न यो भीपीएन एकदमै उपयोगी छ ।

यसले गर्दा शेयरइट प्रयोग गर्दा तपाईंको डेटा चोरी हुने सम्भावना कम हुन जान्छ । अनलाइन सुरक्षाको लागि गोइङ भीपीएन चौबीसैं घण्टा पनि प्रयोग गर्न सकिन्छ ।

त्यस्तै, यसलाई अन्य भीपीएनभन्दा छिटो चल्ने भीपीएनको रुपमा पनि चिनिन्छ, जसले गर्दा तपाईंले बफर हुने अथवा ल्याग हुने खालका समस्या झेल्नुपर्दैन ।

यो एन्ड्रोइड र एप्पल दुवै डिभाइसमा उपलब्ध छ ।

credit: techpana.com

Post a Comment

0 Comments

Comments System

[blogger][disqus][facebook]
Close Menu