Google Ad

एन्ड्रोइडमा पुनः देखियो खतरनाक ‘जोकर भाइरस’, तुरुन्त डिलिट गर्नुहोस् यी ८ एप/ Harmful app for android

 

android-malware-techpana


         गुगल एप स्टोरमा पुनः खतरनाक जोकर भाइरस फर्किएको छ । सन् २०२० मा गुगलले यो भाइरसबाट संक्रमित ४० वटा एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको थियो । यस पटक पुनः उक्त भाइरस गुगल प्ले स्टोरमा रहेका ८ वटा एपभित्र घुसेको छ । यससँगै गुगलले आफ्नो अपरेटिङ सिस्टमबाट ती एपलाई डिलिट गरेको हो ।

जोकर भाइरसलाई गुगलले सन् २०१७ देखि नै ट्र्याक गर्दै आइरहेको थियो । साइबर सुरक्षा कम्पनी क्विक हिल सेक्युरिटी ल्याबले जोकर भाइरसको नयाँ भेरियन्ट पहिचान गरेको हो । यो भाइरस मोबाइलमा रहेका एपभित्र लुकेर बस्ने गरेको छ । यो भाइरसले एपभित्र बसेर अन्य मालवेयरलाई समेत डाउनलोड गर्न सक्छ ।

यति मात्र होइन, यसले प्रयोगकर्ताको अनुमति तथा जानकारी बिना एसएमएस, कन्ट्याक्ट लिस्ट, डिभाइसको जानकारी, ओटीपी कोड लगायतका प्रयोगकर्ताका डेटा चोरी गर्न सक्छ । जोकर भाइरसबाट संक्रमित पछिल्ला एपहरुमा एक्जुलरी म्यासेज, फास्ट म्याजिक एसएमएस, फ्री क्यामस्क्यानर, सुपर म्यासेज, एलिमेन्ट स्क्यानर, गो म्यासेजेज, ट्राभल वालपेपर्स र सुपर एसएमएस रहेका छन् ।

गुगलले आफ्नो प्ले स्टोरबाट यी एपहरु हटाएको भए पनि तपाईंको मोबाइलमा भने अझै यी एप रहेका हुनसक्छन् । प्रयोगकर्ताका लागि निकै खतरनाक यी एप यदि तपाईंको मोबाइलमा पनि छन् भने तुरुन्त डिलिट गर्नु बुद्धिमानी हुनेछ ।

गुगल सेक्युरिटीका बाबजुत यो जोकर माल्वेयर पत्ता लगाउनु अझै पनि कठीन छ । जोकर एउटा माल्वेर ट्रोजन हो, जसले एन्ड्रोइड प्रयोगकर्तालाई निशाना बनाउँदै आएको छ । यसले एपहरुमार्फत प्रयोगकर्ताको डिभाइसमा पहुँच बनाउने गर्दछ ।

गुगलले गएको जोकर भाइरसबाट संक्रमित ११ वटा एप जुलाईमा तथा ३४ वटा एप अक्टुबरमा प्ले स्टोरबाट हटाएको थियो । साइबर सेक्युरिटी कम्पनीले आफ्नो ब्लगमा लेखेको छ, ‘पीडितको मोबाइलबाट एसएमएस, कन्ट्याक्ट लिस्ट र डिभाइसको जानकारीका साथै गुपचुप किसिमले प्रिमियम वायरलेस एप्लिकेसन प्रोटोकल (डब्लूएपी) सर्भिसमा साइनअप गर्न सक्ने किसिमले यो स्पाइवेर डिजाइन गरिएको छ ।’

यो भाइरसबाट संक्रमित अन्य केही एपहरुमा गुड पीडीएफ स्क्यानर, मिन्ट लिफ म्यासेज-योर प्राइभेट म्यासेज, युनिक किबोर्ड फेन्सी फन्ट्स एन्ड फ्रि इमोटिकन्स, ट्याङ्ग्राम एप लक, डिरेक्ट म्यासेञ्जर, प्राइभेट एसएमएस, वन सेन्टेन्स ट्रान्सलेटर मल्टिफङ्सनल ट्रान्सलेटर, स्टाइल फोटो कलेज, मेटिकुलस स्क्यानर, ट्यालेन्ट फोटो एडिटर ब्लर फोकस, केयर म्यासेज, पार्ट म्यासेज, पेपर डक स्क्यानर एन्ड ब्लु स्क्यानर आदि रहेका छन् ।

यो भाइरसबाट संक्रमित एपहरुको सूची निकै लामो छ । यदि तपाईंले यी मध्ये कुनै एप आफ्नो मोबाइलमा राख्नु भएको छ भने तपाईं जोकर भाइरसको निशानामा पर्नसक्नु हुन्छ ।

‘जोकर एउटा अत्यन्त खतरनाक भाइरस हो, जसले लगातार रुपमा एन्ड्रोइड डिभाइसलाई निशाना बनाउँदै आएको छ । यो भाइरसको विषयमा जानकारी हुँदा हुँदै पनि यसले गुगलको आधिकारिक एप्लिकेसन बजारमा यसले ठाउँ बनाउन छोडेको छैन । एपको कोडमा परिवर्तन गरेर, एक्जिक्युसन विधिबाट, पेलोड रिट्राइभिङ विधिमार्फत यसले विभिन्न एपहरुमा आफूलाई घसाउने गर्दछ, ‘ ब्लगमा लेखिएको छ ।

Post a Comment

0 Comments

Comments System

[blogger][disqus][facebook]
Close Menu