Google Ad

यसरी डाउनलोड गर्नुहोस्, विण्डोज ११ को प्रारम्भिक भर्सन, Download Windows 11 Primary Version

 how to install windows 11



काठमाडौं । विभिन्न नयाँ फिचर सहित भर्खरै विण्डोज ११ को घोषणा भएको छ । यदि तपाईं विण्डोज प्रयोगकर्ता हो भने पक्कै पनि यसलाई प्रयोग गर्ने हुटहुटी तपाईंमा पनि हुनसक्छ ।

यदि तपाईं नयाँ विण्डोजको सक्कली भर्सन इन्स्टल गर्न चाहनुहुन्छ भने माइक्रोसफ्टले आफ्नो विण्डोज इन्साइडर प्रोग्राम मार्फत अर्को हप्तादेखि त्यसलाई शेयर गर्ने बताएको छ । यदि तपाईं विण्डोजको प्रारम्भिक भर्सनमा खेल्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी विण्डोज इन्साइडर प्रोग्राममा जोडिन सक्नुहुन्छ ।

तर एउटा कुरा यहाँनिर के ख्याल राख्नुहोस् भने विण्डोजको प्रारम्भिक भर्सन आफूले दैनिक रुपमा काम गर्ने कम्प्युटरमा भने नराख्नुहोस् । लिङ्कमा क्लिक गरिसकेपछि रजिस्टर बटनमा दबाउनुहोस् र आफ्नो माइक्रोसफ्ट अकाउन्टबाट साइन ईन गर्नुहोस् ।

विण्डोज डटकममा गएर वा यहाँ क्लिक गरी पीसी हेल्थ चेक एप डाउनलोड गरी तपाईंको अहिलेको विण्डोज १० कम्प्युटर विण्डोज ११ मा निःशुल्क रुपमा अपग्रेड गर्न सकिन्छ वा सकिँदैन भनेर हेर्न सक्नुहुन्छ ।

यद्यपी तपाईंलाई ‘You can’t install Windows 11’ भनिएको छ भने तपाईंले बीआईओएस चेक गर्नुपर्ने हुनसक्छ । तर यदि तपाईं पर्खिन चाहनुहुन्छ भने माइक्रोसफ्टले योग्य विण्डोज १० मा आउँदो क्रिशमसदेखि विण्डोज ११ को निःशुल्क अपग्रेड रोलआउट हुने बताएको छ । जुन २०२२ सम्म जारी रहनेछ ।

Post a Comment

0 Comments

Comments System

[blogger][disqus][facebook]
Close Menu